काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज पनि दुईवटा खेल हुँदैछन् । बिहान नौ बजे जनकपुर बोल्ट्स र लुम्बिनी लायन्स खेल्दैछन् । जनकपुर तीन खेलमा ६ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । समान तीन खेलमा पराजित लुम्बिनी तालिकाको पुछारमा छ ।
यस्तै दिउँसो एक बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच खेल हुनेछ । तीनवटै खेल जितेको सुदूरपश्चिम तालिकाको शीर्ष स्थानमा र तीन मध्य दुई खेल जितेको चितवन तालिकाको तेस्रो स्थानमा छ । एनपीएलमा हिजो भएको खेलमा कर्णाली याक्सले विराटनगर किङ्ग्सलाई ७ रनले पराजित गर्याे भने सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ४५ रनले हराएको थियो ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया