logo

२०८३ बैशाख २३ बुधबार

logo
  • २०८३ बैशाख २३ बुधबार
  • एनपीएल : आज जनकपुर बोल्ट्स र लुम्बिनी लायन्स तथा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज खेल्दै

    1KShares
    एनपीएल : आज जनकपुर बोल्ट्स र लुम्बिनी लायन्स तथा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज खेल्दै

    काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज पनि दुईवटा खेल हुँदैछन् । बिहान नौ बजे जनकपुर बोल्ट्स र लुम्बिनी लायन्स खेल्दैछन् । जनकपुर तीन खेलमा ६ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । समान तीन खेलमा पराजित लुम्बिनी तालिकाको पुछारमा छ ।

    यस्तै दिउँसो एक बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच खेल हुनेछ । तीनवटै खेल जितेको सुदूरपश्चिम तालिकाको शीर्ष स्थानमा र तीन मध्य दुई खेल जितेको चितवन तालिकाको तेस्रो स्थानमा छ । एनपीएलमा हिजो भएको खेलमा कर्णाली याक्सले विराटनगर किङ्ग्सलाई ७ रनले पराजित गर्‍याे भने सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ४५ रनले हराएको थियो ।



    फास्ट न्युज    
  • २०८१ मंसिर २३, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट