logo

२०८३ जेष्ठ २७ बुधबार

logo
  • २०८३ जेष्ठ २७ बुधबार
  • उदयपुरको बेलका–९ को वडाध्यक्षमा माओवादीका भरत घिमिरे विजयी

    988Shares
    उदयपुरको बेलका–९ को वडाध्यक्षमा माओवादीका भरत घिमिरे विजयी

    गाईघाट(उदयपुर): जिल्लाको बेलका नगरपालिका–९ मा भएको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका भरत घिमिरेले पाँच सय ५९ मत प्राप्त गरी वडाध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । आइतबार राति मतगणनाका क्रममा बदर मतलाई लिएर विवाद भई गणना कार्य स्थगित भएपछि सोमबार दिउँसोदेखि सुरु भएको गणना राति ११ सम्पन्न भएको हो ।

    घिमिरेका निकटतम् प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी एमालेका मोहन खड्काले पाँच सय २५ मत प्राप्त गर्नुभएको छ भने नेपाली कांग्रेसका नवराज बस्नेतले चार सय चार मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत कार्यालयका सूचना अधिकारी सुरेश पोखरेलले जानकारी दिनुभयो ।

    माओवादी केन्द्रका घिमिरेले एमालेका खड्कालाई ३४ मतले पराजित गर्दै वडाध्यक्ष पदमा विजयी हुनुभएको बेलका–९ को निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बेलका–९ मा कूल मतदाता सङ्ख्या तीन हजार एक सय ४७ रहेकामा एक हजार आठ सय ८७ मत खसेको थियो ।

    यस्तै उदयपुरको त्रियुगा नगरपालिका–१२ को वडाध्यक्ष पदमा पनि माआवादी केन्द्रका नवीनकुमार बान्तावा राई विजयी हुनुभएको छ । यसअघि यी दुवै नगरपालिकाको वडाहरूमा नेपाली कांग्रेसका उम्मेदवार विजयी हुनुभएको थियो ।



    फास्ट न्युज    
  • २०८१ मंसिर १८, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट