logo

२०८३ श्रावण ६ बुधबार

logo
  • २०८३ श्रावण ६ बुधबार
  • दूधकोशी जलविद्युत् आयोजनाका प्रमुखलाई हटाउन ऊर्जा मन्त्रालयको दबाव

    1.1KShares
    दूधकोशी जलविद्युत् आयोजनाका प्रमुखलाई हटाउन ऊर्जा मन्त्रालयको दबाव

    काठमाण्डाै । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले दूधकोशी जलविद्युत् आयोजनाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विमल गुरुङलाई जिम्मेवारीबाट हटाउन दबाव दिएको छ ।

    मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पत्र लेख्दै गुरुङलाई हटाउन दबाव दिएको पत्र बाहिरिएको हो । मन्त्रालयका शाखा अधिकृत यज्ञप्रसाद सुवेदीले फागुन ८ गते प्राधिकरणलाई लेख्नुभएको पत्रमा गुरुङले मन्त्रालय र मन्त्रीका बारे सामाजिक सञ्जालमा गैरजिम्मेवार ढङ्गले समाचार सम्प्रेषण गरेको आरोप छ ।

    पत्रमा यसअघि नै निर्देशन भएकोमा अझै नहटाएकोले फेरि पत्र पठाएको पनि उल्लेख छ । पत्रमा फागुन ८ गतेको सचिवस्तरको निर्णयानुसार गुरुङलाई हटाउन भनिएको छ ।



    फास्ट न्युज    
  • २०८१ फाल्गुन ११, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट