logo

२०८३ जेष्ठ २७ बुधबार

logo
  • २०८३ जेष्ठ २७ बुधबार
  • शेयर बजारमा आज ७ अर्बभन्दा बढीको कारोबार

    964Shares
    शेयर बजारमा आज ७ अर्बभन्दा बढीको कारोबार

    काठमाडौं|  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दुई दशमलव ४७ अंकले उकालो लागेर दुई हजार सात सय ४५ दशमलव ३६ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ३१ अंकले उकालो लागेर चार सय ९५ दशमलव ३० मा पुगेको हो ।

    आज विकास बैंक, होटल, जलविद्युत्, जीवन बीमा, माइक्रोफाइनान्स र व्यापार बाहेक सबै समूहको शेयर बढेको छ । आज गुडविल फाइनान्स कम्पनीको शेयर साढे सात प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन अपर स्याङ्गे हाइड्रोपावर र मिड सोलु हाइड्रोपावर कम्पनीको शेयर भने पाँच प्रतिशतभन्दा धेरैले घटेको छ ।

    आज कारोबार रकम पनि बढेको छ । हिजो पाँच अर्ब ६६ करोडको कारोबार भएकोमा आज तीन सय १६ वटा कम्पनीका एक करोड ८८ लाख कित्ता शेयर सात अर्ब १९ करोड रुपैयाँमा कारोबार भएका छन् । आज सबैभन्दा धेरै कुमारी बैंकको ३३ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।



    फास्ट न्युज    
  • २०८१ कार्तिक १, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट