logo

२०८३ बैशाख १५ मंगलवार

logo
  • २०८३ बैशाख १५ मंगलवार
  • चुनावी नतिजालाई सम्मान गर्न आफ्ना समर्थकलाई कमला ह्यारिसको आग्रह

    925Shares
    चुनावी नतिजालाई सम्मान गर्न आफ्ना समर्थकलाई कमला ह्यारिसको आग्रह

    काठमाडौं । अमेरिकी राष्ट्रपति चुनावमा पराजय ब्यहोरेपछि उपराष्ट्रपति कमला ह्यारिसले आफ्ना समर्थकलाई डोनाल्ड ट्रम्पको जित स्वीकार गर्न आग्रह गरेकी छिन् ।

    चुनावी नतिजापछि हिजो वाङ्गिटन डीसीको हावर्ड विश्वविद्यालयमा भएको सम्बोधनमा उहाँले आफ्नो आदर्शका लागि कहिल्यै हार नखान समर्थकलाई अपिल गर्नुभएको बीबीसीले जनाएको छ ।

    ‘चुनावको परिणाम जे आयो त्यो हामीले चाहेकोजस्तो थिएन, उनले भनिन्, ‘तर हामीले चुनावी नतिजालाई सम्मान गर्नुपर्छ । अब सत्ता शान्तिपूर्ण रूपमा हस्तान्तरण हुनुपर्छ ।’

    चुनावमा हार भए पनि आफूले उठाएका मुद्दाका लागि निरन्तर खबरदारी र सङ्घर्ष गरिरहने उहाँको प्रतिबद्धता छ । ह्यारिसले यसका लागि अभियान नै चलाउने घोषणा गर्नुभएको छ ।

    बुधबार आएको नतिजामा डेमोक्रेटिक पार्टीकी ह्यारिस रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्पसँग पराजित भएकी हुन् । राष्ट्रपति पदमा रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प २७० इलेक्टोरल भोट भन्दा बढी नतिजा ल्याएर विजयी भएका थिए भने कमला ह्यारिस पराजित भएकी थिईन् ।



    फास्ट न्युज    
  • २०८१ कार्तिक २२, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट