logo

२०८३ बैशाख १५ मंगलवार

logo
  • २०८३ बैशाख १५ मंगलवार
  • ७२ घण्टाभित्र इजरायलले ६ देशमा आक्रमण गर्दा २०० भन्दा बढी मारिए,हजारभन्दा बढी घाइते

    1KShares
    ७२ घण्टाभित्र इजरायलले ६ देशमा आक्रमण गर्दा २०० भन्दा बढी मारिए,हजारभन्दा बढी घाइते

    काठमाडौं। हमासको आक्रमणपछि शुरू भएको युद्धले सम्पूर्ण पश्चिम एसियालाई हल्लाएको छ।इजरायलको बमबारी गाजामा मात्र सीमित छैन । पछिल्लो ७२ घण्टाभित्र, इजरायली सेनाले एकैसाथ ६ मुस्लिम देशहरूलाई निशाना बनाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । यी आक्रमणहरूमा लगभग २०० जनाको मृत्यु भएको छ र एक हजारभन्दा बढी मानिसहरू घाइते भएको समाचारमा उल्लेख छ ।

    कतारदेखि यमन, लेबनानदेखि सिरियासम्म। इजरायली आक्रमण भएको छ । ट्युनिसिया र गाजा पनि इजरायली आक्रमणको आगो सल्केको छ ।इजरायलले आतंकवादी लुकेका ठाउँहरूलाई मात्र निशाना बनाएको दाबी गरेको छ, जबकि प्रभावित देशहरूले यसलाई आफ्नो सार्वभौमिकतामाथिको आक्रमण भन्दै आएका छन् ।

    मंगलबार इजरायली सेनाले दोहा ९कतारको राजधानी०मा हवाई आक्रमण गरेको थियो। लक्षित हमासका शीर्ष नेता खलील अल–हय्या थिए। आक्रमणमा उनका छोरा, कार्यालय निर्देशक, तीन गार्ड र एक कतारी सुरक्षा अधिकारीसहित ६ जनाको मृत्यु भएको थियो ।
    तिबेला हमासका नेताहरू अमेरिकी युद्धविराम प्रस्तावबारे छलफल गरिरहेका थिए।

    सोमबार इजरायली विमानहरूले बेका र हर्मेल जिल्लाहरूमा हवाई आक्रमण गरे। यसमा ५ जनाको मृत्यु भयो ।मंगलबार इजरायली ड्रोनले हिज्बुल्लाह सदस्यमाथि आक्रमण गरेको थियो । नोभेम्बर २०२४ मा युद्धविराम भए पनि इजरायलले लेबनानमा आक्रमण जारी राखेको छ।



    फास्ट न्युज    
  • २०८२ भाद्र २७, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट