logo

२०८१ माघ ७ सोमबार

logo
  • सोमबार, ७ माघ २०८१
  • युक्रेनले रातारात रुसले प्रक्षेपण गरेका सबै २७ ड्रोन खसाल्यो

    युक्रेनले रातारात रुसले प्रक्षेपण गरेका सबै २७ ड्रोन खसाल्यो

    507
    SHARES
    युक्रेनले रातारात रुसले प्रक्षेपण गरेका सबै २७ ड्रोन खसाल्यो

    युक्रेनी वायुसेनाले देशमा रातभरको आक्रमणमा रुसले प्रक्षेपण गरेक सबै २७ लडाकू ड्रोनलाई खसालेको बताएको छ ।



    सामाजिक सञ्जालमा जारी गरिएको विज्ञप्तिअनुसार साहेद–१३६ र शाहेद–१३१ ड्रोनलाई युक्रेनको उत्तरी, मध्य, दक्षिणी र पूर्वी युक्रेनका सात क्षेत्रमा रोकिएको थियो ।

    किएभ क्षेत्रमा वायु प्रतिरक्षा प्रणाली परिचालन गरिएको थियो, तर उक्त क्षेत्रमा कुनै हताहत वा क्षति नभएको किएभ क्षेत्रीय सैन्य प्रशासनले जनाएको छ ।

    क्षेत्रीय गभर्नर सर्गेई लिसाकले मध्य निप्रोपेट्रोभस्क क्षेत्रमा दुई वटा ड्रोनलाई नष्ट गरिएको र पूर्वाधारमा क्षति पुगेको बताउनुभयो ।
    –––


    फास्ट न्युज
  • सोमबार, २८ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट