बिरगंज । आम जनता पार्टी (आजपा) ले बर्तमान संबिधानको खारेजीको माग गर्दै आज बिरगंजमा अन्त्येष्टि यात्रा निकालेको छ ।
सो क्रममा प्रहरीले आजपा केन्द्रीय कमिटीका सचिव बाबुराम कौशिक मधेस प्रदेशका अध्यक्ष उमेश कुशवाहा आजपा नेताहरू श्रीभगवान पटेल ,लालबाबु मन्सुरी, किरण यादव ,सुनिल साह ,राकेश बैठा, सन्देश साह, सन्धया पासवान लगायतका नेताहरुलाई पक्राउ गरेको छ ।
सरकारले आज संबिधान दिवस मनाउदै गर्दा आजपाले संबिधानको खारेजीको माग गर्दै देशका विभिन्न ठाउँमा अन्त्येष्टि यात्रा निकालेको छ ।
आजपा केन्द्रीय सदस्य एंव मधेस प्रदेशका प्रवक्ता डा. हेमप्रसाद साहले प्रहरीको धरपकड एंव हस्तक्षेपको भर्त्सना गर्दै पक्राउ परेका नेताहरुलाई यथाशीघ्र रिहा गर्न माग गरेका छन् ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया