logo

२०८३ बैशाख १२ शनिबार

logo
  • २०८३ बैशाख १२ शनिबार
  • मलेसियामाथि नौ विकेटको जित निकाल्दै नेपाल फाइनलमा

    1.1KShares
    मलेसियामाथि नौ विकेटको जित निकाल्दै नेपाल फाइनलमा

    काठमाडौं । घरेलु टिम मलेसियाविरुद्ध नौ विकेटको जित निकाल्दै नेपाली युवा टिम एसीसी पुरुष यू–१६ इस्ट जोन कपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार क्वालालम्पुरमा सम्पन्न खेलमा घरेलु टिमले प्रस्तुत गरेको ९१ रनको झिनो लक्ष्य नेपालले ११.४ ओभरमा एक विकेट गुमाएर पूरा गर्‍यो ।

    नेपालको जितमा ओपनर परिमार्जन यादवले ५९ रन बनाए । यस्तै, शिवान्स बजगाईंले २३ रन थपे । मलेसियाका नागिनेस्वरण साथनाकुमारनले एक विकेट लिए ।

    त्यसअघि, टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मलेसियाले ४३.१ ओभरमा सबै विकेट गुमाएर ९० रनको योगफल तयार पारेको हो ।मलेसियाका मुहम्मद फातुल मुइनले सर्वाधिक ३८ रन बनाए । कप्तान दियाज पात्रोले १० रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा रन जोड्न सकेनन् ।

    नेपालका अभय यादवले सर्वाधिक चार विकेट लिए । यादवले १० ओभरमा १५ रन मात्र खर्चिए । यस्तै, १० ओभरमा ४ मेडन राख्दै १२ रनमात्र खर्चेर सुभम खनालले तीन विकेट लिए । कप्तान विपीन शर्मा र सचिन भट्टले समान एक विकेट लिए । नेपालले अब उपाधिका निम्ति हङकङ र सिंगापुरबीचको विजेतासँग खेल्नेछ ।



    फास्ट न्युज    
  • २०८२ असार १९, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट