logo

२०८३ श्रावण १० आईतवार

logo
  • २०८३ श्रावण १० आईतवार
  • आजपाको काठमाडौं जिल्ला कमिटी पुनर्गठन, अध्यक्षमा सापकोटा

    1.1KShares
    आजपाको काठमाडौं जिल्ला कमिटी पुनर्गठन, अध्यक्षमा सापकोटा

    काठमाडौं । आम जनता पार्टी (आजपा) को काठमाडौं जिल्ला कमिटी पुनर्गठन गरिएको छ । पुनर्गठित जिल्ला कमिटीको अध्यक्षमा भाईकाजी सापकोटा रहेका छन् ।

    आजपा काठमाडौं उपत्यका विशेष कमिटीका इन्चार्ज एवं संगठन विभाग प्रमुख त्रिभुवन साह र अध्यक्ष देवी पण्डित रेग्मीले आज जारी गरेको बिज्ञप्तीमा काठमाडौं जिल्ला कमिटी एक सय पाँच सदस्यीय गठन गरिएको छ ।

    आजपाले काठमाडौं जिल्ला कमिटीको इन्चार्जको जिम्मेवारी सुरेश साह, सहइन्चार्जको जिम्मेवारी जोगिन्द्र साह र कृष्ण यादवलाई दिएको छ ।

    पुनर्गठित जिल्ला कमिटीको अध्यक्षमा सापकोटा, उपाध्यक्षहरुमा दिपेन्द्र चौधरी, सविना बढुथोकी, रामप्रवेश पटेल, सचिवमा रामनारायण साह, सहसचिवहरुमा विकाउ महतो, भागिरथ साह, उमेश साह र कोषाध्यक्षमा ललन बैठा रहेका छन् ।

    यसैगरी सदस्यहरुमा लक्ष्मी मगर, दिपा मगर, कुमार श्रेष्ठ, कल्पना लामिछाने, मनिष खड्का, रमिला बोहरा, प्रेमप्रसाद बराल, हरिन्द्र साह, धमेन्द्र साह, जगदिश साह, बिनोद ठाकुर, कान्ति केसी, प्रदेश लिम्बु थेम्सीङ, प्रदिपजंग कार्की, सपना श्रेष्ठ, अनिता शर्मा, सृजना बराल, दिलकुमारी, माया बले रहेका छन् ।

    यस्तै सदस्यहरुमा गौरी पटेल, मुकेश पटेल, देवशरण बैठा, कमलेश यादव, राजा मुखिया, अरुणकुमार साह, भैरवलाल प्रसाद, रामपुकार जैसवाल, सुरेन्द्र साह, मनिभुषण कुशवाहा, पंकज साह, श्याम यादव, कोशिला अधिकारी, भाईसन लामा, नविन सिंह, रामकिशोर साह, जितेन्द्र साह, बिजय गुप्ता, रामप्रवेश यादव, भुलटुन पासवान, राजेश पासवान, नन्दकिशोर साह, जयनारायण साह लगायतका रहेका छन् ।



    फास्ट न्युज    
  • २०८२ बैशाख ३१, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट