logo

२०८३ जेष्ठ २३ शनिबार

logo
  • २०८३ जेष्ठ २३ शनिबार
  • एनपीएलमा लुम्बिनी लायन्सको पहिलो जित

    1.8KShares
    एनपीएलमा लुम्बिनी लायन्सको पहिलो जित

    काठमाडौं ।नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लुम्बिनी लायन्सले पहिलो जित हात पारेको छ। मंगलबार चितवन राइनोजलाई ३३ रनले  हराउँदै पहिलो जित दर्ता गरेको हो।

    लुम्बिनी दिएको १६८ रनको लक्ष्य पछ्याएको चितवनले ८ विकेट गुमाएर १३४ रन मात्र बनाउन सक्यो। लुम्बिनीलाई जिताउन कप्तान रोहित पौडेलले अलराउण्डर प्रदर्शन गरे। रोहितले ब्याटिङमा ८० रन बनाए भने बलिङमा ४ विकेट लिए।

    लुम्बिनी लायन्सले यो भन्दा अगाडीका चार खेल नै हारेको थियो । टस जितेर पहिला ब्याटिङ गरेको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रनको लक्ष्य दिएको थियो ।

    चितवन राईनोज निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाएर १३४ मात्र बनाउन सफल भएको थियो ।

    चितवनका लुक बेनकेन्सटाइनले सर्वाधिक ३१ रन जोड्न सफल भएका थिए भने बलिङमा लुम्बिनीका कप्तान रोहित पौडेलले सर्वाधिक ४ विकेट लिएका थिए ।



    फास्ट न्युज    
  • २०८१ मंसिर २५, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट