logo

२०८२ मंसिर २८ आईतवार

logo
  • २०८२ मंसिर २८ आईतवार
  • एन्फा महिला लिग आजदेखि, उद्घाटन खेलमा कोशी र वालिङबीच प्रतिस्पर्धा हुने

    823Shares
    एन्फा महिला लिग आजदेखि, उद्घाटन खेलमा कोशी र वालिङबीच प्रतिस्पर्धा हुने

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा एन्फा महिला लिग फुटबल आजदेखि सुरु हुँदैछ । लिगमा कूल १० टोलीको सहभागिता रहनेछ ।

    एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको उद्घाटन खेलमा कोशीले वालिङ नगरपालिकालाई ४–० गोल अन्तरले पराजित गरेको हो । कोशीका लागि सञ्जुमाया तामाङले १० औं मिनेटमा, समिक्षा मगरले ५१ र ५९ मिनेट र प्रतिक्षा राईले ६८ औ मिनेटमा गोल गरेका थिइन् ।

    महिला लिगको विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन् । यस्तै उत्कृष्ट खेलाडी तथा फेयर प्ले टिमले १-१ लाख तथा उत्कृष्ट गोलकिपर र उच्च गोलकर्ताले समान ५० हजार रुपैयाँ पाउनेछन् । हरेक खेलका प्लेयर अफ द म्याचले ५ हजार रुपैयाँ गर्ने छन् ।

    लिगमा अनुमानित बजेट २ करोड २४ लाख ६८ हजार ६ सय ९८ रुपैयाँ रहेको एन्फाले जनाएको छ ।



    फास्ट न्युज    
  • २०८१ भाद्र १६, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार