logo

२०८२ मंसिर २८ आईतवार

logo
  • २०८२ मंसिर २८ आईतवार
  • रियल मड्रिडलाई सुपर कपको उपाधि, एमबाप्पेले डेब्यु गोल गरे

    850Shares
    रियल मड्रिडलाई सुपर कपको उपाधि, एमबाप्पेले डेब्यु गोल गरे

    काठमाण्डौ। एटलान्टालाई हराउँदै रियल मड्रिडले यूईएफए सुपर कपको उपाधि जितेको छ । पोल्यान्डको नेशनल स्टेडियम वर्षामा गएराति भएको खेलमा रियल मड्रिडले एटलान्टालाई २–० गोलको अन्तरले हरायो ।

    रियल मड्रिडका लागि डेब्यु गरेका फ्रान्सका स्ट्राइकर केलियन एमबाप्पे र फेडेरिको भाल्भेर्देले गोल गरे । भाल्भेर्देले खेलको ५९ औँ र एमबाप्पेले ६८ औँ मिनेटमा गोल गरे । एमबाप्पे गएको जुलाई १६ मा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेइन (पीएसजी) बाट स्पेनी क्लब रियल मड्रिडमा अनुबन्ध भएका थिए ।

    रियल मड्रिडले कीर्तिमानी छैटौं पटक सुपर कपको उपाधि जितेको हो । मड्रिडले यसअघि सन् २००२, २०१४, २०१६, २०१७ र २०२२ मा उपाधि जितेको थियो । यस्तै बार्सिलोना र एसी मिलानले समान पाँच पटक उपाधि जितेका छन् ।



    फास्ट न्युज    
  • २०८१ श्रावण ३१, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार