logo

२०८१ माघ ७ सोमबार

logo
  • सोमबार, ७ माघ २०८१
  • रियल मड्रिडलाई सुपर कपको उपाधि, एमबाप्पेले डेब्यु गोल गरे

    रियल मड्रिडलाई सुपर कपको उपाधि, एमबाप्पेले डेब्यु गोल गरे

    468
    SHARES
    रियल मड्रिडलाई सुपर कपको उपाधि, एमबाप्पेले डेब्यु गोल गरे

    काठमाण्डौ। एटलान्टालाई हराउँदै रियल मड्रिडले यूईएफए सुपर कपको उपाधि जितेको छ । पोल्यान्डको नेशनल स्टेडियम वर्षामा गएराति भएको खेलमा रियल मड्रिडले एटलान्टालाई २–० गोलको अन्तरले हरायो ।



    रियल मड्रिडका लागि डेब्यु गरेका फ्रान्सका स्ट्राइकर केलियन एमबाप्पे र फेडेरिको भाल्भेर्देले गोल गरे । भाल्भेर्देले खेलको ५९ औँ र एमबाप्पेले ६८ औँ मिनेटमा गोल गरे । एमबाप्पे गएको जुलाई १६ मा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेइन (पीएसजी) बाट स्पेनी क्लब रियल मड्रिडमा अनुबन्ध भएका थिए ।

    रियल मड्रिडले कीर्तिमानी छैटौं पटक सुपर कपको उपाधि जितेको हो । मड्रिडले यसअघि सन् २००२, २०१४, २०१६, २०१७ र २०२२ मा उपाधि जितेको थियो । यस्तै बार्सिलोना र एसी मिलानले समान पाँच पटक उपाधि जितेका छन् ।


    फास्ट न्युज
  • बिहिबार, ३१ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट