logo

२०८३ श्रावण १ शुक्रबार

logo
  • २०८३ श्रावण १ शुक्रबार
  • जापानमाथि ९ विकेटको शानदार जित, नेपाल एसीसी यू–१९ महिला प्रिमियर कपको सेमिफाइनलमा

    877Shares
    जापानमाथि ९ विकेटको शानदार जित, नेपाल एसीसी यू–१९ महिला प्रिमियर कपको सेमिफाइनलमा

    काठमाडौं। नेपाल जारी एसीसी यू–१९ महिला प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ।

    बुधबार मलेसियामा सम्पन्न क्वाटरफाइनल खेलमा नेपालले जापानलाई ९ विकेटले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।

    जापानले दिएको ८७ रनको सामान्य लक्ष्य नेपालले ११.२ ओभरमै एक विकेट मात्र गुमाएर पूरा गर्‍यो। नेपालका ब्याटरहरूले आक्रामक प्रदर्शन गर्दै सहज जित हात पारे।

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जापान २० ओभरमा सबै विकेट गुमाउँदै ८६ रनमा समेटिएको थियो। नेपाली बलरहरूले सुरुदेखि नै कसिलो बलिङ गर्दै जापानी ब्याटिङ लाइनअपलाई दबाबमा राखेका थिए।

    अब नेपालले सेमिफाइनलमा संयुक्त अरब इमिरेट्स (यूएई) सँग प्रतिस्पर्धा गर्नेछ। उक्त खेल शुक्रबार मलेसियामै हुने तालिका रहेको छ।



    फास्ट न्युज    
  • २०८३ असार ३१, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट