काठमाडौं । नेपाली चलचित्र ‘झिंगे दाउ २’को नयाँ गीत ‘हे मायाँ नजिकै सर’ सार्वजनिक भएको छ । दशैँलाई लक्षित गर्दै ओएसआर डिजिटलमार्फत गीत सार्वजनिक गरिएको हो ।
असोज २ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ । गीतमा रामचन्द्र काफ्ले र शान्तिश्री परियारले स्वर दिएका छन् भने भिडियोको कोरियोग्राफी रामजी लामिछानेले गरेका छन् ।
चलचित्रमा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल विष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, वसुन्धरा भुसाल, चैत्यदेवी सिंहलगायत कलाकारको अभिनय रहेको छ ।
ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको चलचित्र कपनगढी सिनेमा प्रा.लि. र फिल्म क्रिउ नेपाल प्रा.लि.को ब्यानरमा निर्माण गरिएको हो । चलचित्रमा सुलभ प्रतिक देउजा र समीक्षा देउजाको लगानी रहेको छ भने रोशनी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजा सह–निर्माता छन् ।
गोविन्द फुयाँल र शिशिर चालिसेको लेखन रहेको चलचित्रको पटकथा तथा संवाद परिच्छेद सेनले तयार पारेका हुन् । विष्णु घिमिरे ‘कल्पित’को छायांकन, मित्र डी गुरुङको सम्पादन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन तथा ईश्वर घिमिरेको प्रोडक्सन व्यवस्थापन रहेको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया