logo

२०८३ कार्तिक १८ मंगलवार

logo
  • २०८३ कार्तिक १८ मंगलवार
  • एसिया कपको दोस्रो खेलमा बंगलादेशसँग भिड्दै नेपाल

    1.3KShares
    एसिया कपको दोस्रो खेलमा बंगलादेशसँग भिड्दै नेपाल

    काठमाडौं। एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज दोस्रो खेलमा नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। पहिलो खेलमा श्रीलंकासँग ८ विकेटले पराजित भएको नेपालमाथि आजको खेल जित्नैपर्ने दबाब छ । दुबईमा नेपाल र बंगलादेशको खेल बिहान १०ः४५ बजे सुरु हुँदैछ ।

    यसअघि शनिबार दुबईको द सेभेन्स रङ्गशाला भएको पहिलो खेलमा नेपाल आठ विकेटले पराजित भएको हो । जितको लागि दिएको ८३ रनको लक्ष्य श्रीलंकाले १४ दशमलव ५ ओभरमा दुई विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो ।

    टस हारेर पहिले ब्याटिङ गरेको नेपाल २८.५ ओभरमा सबै विकेट गुमाउँदै ८२ रनमा समेटिएको थियो । प्रतियोगितामा नेपाल समूह ‘बी’ मा छ । मङ्सिर २६ गतेदेखि सुरू भएको उक्त प्रतियोगितामा नेपालसहित बंगलादेश, श्रीलंका, अफगानिस्तान, भारत, पाकिस्तान, युएई र मलेसिया सहभागी छन् ।



    फास्ट न्युज    
  • २०८२ मंसिर २९, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट