logo

२०८३ बैशाख २० आईतवार

logo
  • २०८३ बैशाख २० आईतवार
  • सनसाइन र हेम्स उपाधिनजिक

    1.1KShares
    सनसाइन र हेम्स उपाधिनजिक

      काठमाडौं  । सनसाइन र हेम्स १३ औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बुधबार फाइनलमा प्रवेश गरेका छन् ।
    शंखमूलस्थित लिभरपुल स्कुलमा भएको सेमिफाइनलमा सनसाइनले मार्बलसलाई ५३–२६ ले पराजित ग¥यो । सनसाइनको जितमा सोनाम तामाङले २१ अंक योगदान गरे । सुशान्त आचार्यको १४ अंक सहयोगमा हेम्सले अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए) लाई ४८–४६ को साँघुरो अन्तरले हरायो ।
    मध्य क्षेत्रीय प्याब्सन कमिटीद्वारा आयोजित प्रतियोगिताको जुनियर ब्वाइजमा काठमाडौं जेभियर्स र मार्बलसले उपाधि भिडन्त पक्का गरे ।
    काठमाडौं जेभियर्सले सनसाइनलाई ३१–१२ ले पाखा लगायो । काठमाडौं जेभियर्सका अनमोल कुशुवारले २४ स्कोर गरे । मार्बलसले हेम्सलाई २९–२३ ले पन्छायो । मार्बलसका नवीन कार्कीले २२ अंक जोडे ।
    सिनियर गल्र्समा काठमाडौं जेभियर्स र इनोभेटिभ उपाधिका लागि भिड्ने भएका छन् । काठमाडौं जेभियर्सले लिभरपुलमाथि २४–१८ को जित रच्यो । काठमाडौं जेभियर्सकी सुहानी बानियाँले ११ स्कोर गरिन् । इनोभेटिभले एसियन पब्लिकको चुनौती २९–२० ले समाप्त पा¥यो । इनोभेटिभकी विद्या कुमालले १० अंक जोडिन् । फाइनल बिहीबार   हुनेछ ।



    फास्ट न्युज    
  • २०८१ पुष १०, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार