logo

२०८३ असार ९ मंगलवार

logo
  • २०८३ असार ९ मंगलवार
  • निषेधाज्ञाबीच पोखरामा रास्वपाको प्रदर्शन, प्रहरीसँग धकेलाधकेल

    934Shares
    निषेधाज्ञाबीच पोखरामा रास्वपाको प्रदर्शन, प्रहरीसँग धकेलाधकेल

    पोखरा| जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराका केही क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले प्रदर्शन, जुलुस, हुलदङ्गा तथा झडप हुन सक्ने भन्दै निषेधाज्ञा आदेश जारी गरेका हुन् ।

    जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले प्रदर्शन, जुलुस, हुलदङ्गा तथा झडप हुनसक्ने भन्दै निषेधाज्ञा आदेश जारी गरेका हुन् ।

    आइतबार बिहान पौने १२ बजेदेखि अर्को आदेश नभएसम्मका लागि पोखरा महानगरपालिकाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी भएको हो ।

    निषेधाज्ञा जारी गरिएको क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला हुन रोक लगाइएको छ ।

    त्यस्तै अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्नसमेत निषेध गरिएको छ ।

    निषेधित क्षेत्रमा प्रदर्शन गरिरहेको रास्वपालाई हटाउन खोज्दा प्रहरी र कार्यकर्ताबीच धकेलाधकेलसमेत भइरहेको छ । अहिले पनि रास्वपाका नेता कार्यकर्ताले रवि पक्राउको विरोधमा शहीदचोकमा नाराबाजी गरिरहेका छन् ।

    शहीद चोकमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ। लामिछानेलाई जिल्ला अदालतमा म्याद थपका लागि लगिएको छ । त्यसका लागि सुरक्षा व्यवस्था चुस्त बनाइएको छ ।

     



    फास्ट न्युज    
  • २०८१ कार्तिक ४, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट