logo

२०८३ श्रावण १८ सोमबार

logo
  • २०८३ श्रावण १८ सोमबार
  • रास्वपाका नेता सन्तोष परियारले छाडे पार्टी, बाबुराम र जनार्दनसँग गरे पाँच बुँदे सहमति

    1.3KShares
    रास्वपाका नेता सन्तोष परियारले छाडे पार्टी, बाबुराम र जनार्दनसँग  गरे पाँच बुँदे सहमति

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र सभापति रवि लामिछानेका प्रियपात्रमध्ये एक थिए सन्तोष परियार । तर, रविलाई नै थाहा नदिइकन परियारले पार्टी परित्याग गरेका छन् ।परियारले पार्टीका कार्यवाहक सभापति डीपी अर्याल र महामन्त्री कविन्द्र बुर्लाकोटीलाई भेटेर राजीनामा पत्र बुझाएको प्रवक्ता मनीष झाले जानकारी दिए।

    परियारले राजनीतिमा नयाँ अभियानको साथ अगाडी बढ्ने योजना बनाएको जानकारी गराएको प्रवक्ता झाले बताएका छन् । परियार विघटित प्रतिनिधि सभामा रास्वपाबाट  समानुपातिक सांसद बनेका थिए ।  पुर्व सांसद सुमना श्रेष्ठपछि पार्टी छोड्ने परियार दोस्रो उच्च तहका नेता हुन् ।

    रास्वपाका पुर्व प्रमुख सचेतक सन्तोष परियार पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र एकतामा नगएका माओवादी केन्द्रको जनार्दन शर्मा समूहसँग पाँच बुँदे सहमति गरेका छन् । एकता तथा ध्रुवीकरणका लागि नयाँ बन्ने एकीकृत पार्टीको नाम र चुनाब चिन्ह एउटै बनाउन सहमति गरेका छन् भने मङ्सिर ७ गते वृहत् एकता घोषणा कार्यक्रम गर्न सहमत भएका छन् ।



    फास्ट न्युज    
  • २०८२ कार्तिक २८, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट