logo

२०८३ बैशाख ४ शुक्रबार

logo
  • २०८३ बैशाख ४ शुक्रबार
  • रास्वपा सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी

    868Shares
    रास्वपा सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी

    काठमाडौं । सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वउपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

    जिल्ला अदालत कास्कीका न्यायाधीश कृष्णजङ्ग शाहको इजलासले आज लामिछानेलाई पक्राउ गर्न अनुमति दिएको हो । लामिछानेमाथि अनुसन्धान गर्नका लागि जिल्ला प्रहरी कार्यालय कास्कीले माग गरेअनुसार अदालतले पक्राउ पुर्जी जारी गरेको हो । अदालतको अनुमतिपछि लामिछानेलाई काठमाण्डौबाट पक्राउ गरी कास्की लैजाने प्रहरीको तयारी छ ।

    प्रतिवेदनले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछाने, अध्यक्ष जीबी राई, तत्कालीन उपाध्यक्ष तथा नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) छविलाल जोशी र सञ्चालक कुमार रम्तेलविरुद्ध ठगी, किर्ते, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर आकर्षित हुने गरी अनुसन्धान गर्न सिफारिस गरेको थियो । उक्त सिफारिसपछि जोशी गत असोज ६ गते नै पक्राउ परिसकेका छन् । उनी अहिले थुनामा छन् ।उनैको बयानका आधारमा लामिछानेलाई पक्राउ गर्न लागिएको हो ।

    जोशी २०७८ मा गोर्खा मिडियाबाट अलग भएको देखिएको छ । लामिछाने २०७९ मा गोर्खा मिडियाबाट अलग भएका हुन् । उनीहरू त्यहाँ हुँदा नै सहकारीको रकम अवैध तरिकाले आएको प्रहरीको अनुसन्धानबाट देखिएको छ ।

    पक्राउ पुर्जी जारी भएलगत्तै लामिछानेलाई पक्राउ गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोली रास्वपाको पार्टी कार्यालय पुगेको छ। रास्वपाले भने पत्रकार सम्मेलनको तयारी गरेको छ।



    फास्ट न्युज    
  • २०८१ कार्तिक २, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट