logo

२०८३ आश्विन ४ आईतवार

logo
  • २०८३ आश्विन ४ आईतवार
  • जाँचबुझ आयोग जाँदै पूर्वगृहमन्त्री लेखक

    1.2KShares
    जाँचबुझ आयोग जाँदै पूर्वगृहमन्त्री लेखक

    काठमाडौं।नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ गते भएको घटनाको सम्बन्धमा जाँचबुझ आयोगमा उपस्थित भएर बयान दिने भएका छन्।आयोगले सोधपुछका लागि बोलाएपछि उनी सोमबार बिहान ११ बजे आयोगको कार्यालयमा उपस्थित हुन लागेका हुन्।

    जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते घटेको विशेष घटनाको छानबिन गरिरहेको आयोगले यसअघि नै लेखकलाई पुस ८ गते बयानका लागि बोलाएको थियो।उनी सोमबार आयोगको टोलीसमक्ष आफूसँग भएको जानकारी र सो घटनाको वस्तुस्थितिबारे प्रष्ट पार्न जान लागेको उनको सचिवालयले पुष्टि गरेको छ।

    आयोगमा बयान दिएपछि लेखकले दिउँसो ४ बजे सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गर्ने तयारी समेत गरेको स्रोतले बताएको छ।



    फास्ट न्युज    
  • २०८२ पुष १४, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट