logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • आज देशभर सार्वजनिक बिदा

    859Shares
    आज देशभर सार्वजनिक बिदा

    काठमाडौं । सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ।

    किरात समुदायको पर्व उधौली, नेवार समुदायको योमरी पूर्णिमा (योमरी पुन्हि) र धान्य पूर्णिमाको अवसरमा देशैभर सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।

    सरकारले सार्वजनिक बिदा दिएसँगै आज सरकारी कार्यालय र विद्यालयहरू बन्द रहनेछन् ।

    किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूहरूले चासोक तङनाम मनाउँने गर्छन्।

    पितृको मान र प्रकृतिको सम्मानका रूपमा किरात समुदायले उधौली पर्व मनाउँदै छन् ।

     



    फास्ट न्युज    
  • २०८१ मंसिर ३०, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट