logo

२०८१ माघ २७ आइतबार

logo
  • आइतबार, २७ माघ २०८१
  • महामन्त्री थापाको प्रस्ताव पारित : कांग्रेस एक्लै निर्वाचन लड्ने

    महामन्त्री थापाको प्रस्ताव पारित : कांग्रेस एक्लै निर्वाचन लड्ने

    585
    SHARES
    महामन्त्री थापाको प्रस्ताव पारित : कांग्रेस एक्लै निर्वाचन लड्ने

    काठमाडौं ।नेपाली कांग्रेसले महासमिति बैठकमा पेस भएका सबै प्रतिवेदनहरू संशोधनसहित पारित गरेको छ । आइतबार सम्पन्न केन्द्रीय कार्यसमितिले उपसभापति पूर्णबहादुर खड्काले पेस गरेको प्रतिवेदन र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पेस गरेको प्रतिवेदनमा परिमार्जन गरी पारित गरेको हो ।



    आइतवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रीय समितिको बैठकले पार्टीलाई बलियो बनाउने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले बैठकमा उपसभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माले राख्नुभएको, नीतिगत, सांगठनिक र समयसामयिक प्रस्ताव उपर छलफल भएको बताउनु भयो ।

    आजको बैठकको निर्णयमा भनिएको छ, ‘विगतमा पार्टीले विशेष राजनीतिक परिस्थितिमा अन्य दलहरूसंग निर्वाचन पूर्व गठबन्धन गरेर निर्वाचन लडे तापनि नेपाली कांग्रेस यस महासमिति बैठकबाट पार्टीका सदस्यहरू, शुभेच्छुक तथा समर्थक र आम नागरिकलाई पूर्ण विश्वास दिलाउँदै, दृढ संकल्प गर्दछ– ‘हाम्रो आफ्नै संगठनलाई थप उर्जाशील बनाउँदै आम जनताको मत र विश्वास बढाएर नेपाली कांग्रेसले एक्लै बहुमत ल्याउन सक्ने पार्टीका रूपमा पुनःस्थापित गर्नेछौँ । हामी भविष्यमा हुने आवाधिक निर्वाचनहरूमा आफ्नै ताकतमा एक्लै लड्ने छौं र हाम्रा मतदातालाई नेपाली कांग्रेसको चुनाव चिन्ह ‘रुख’ मा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्ने छौं ।’


    फास्ट न्युज
  • आइतबार, १६ भाद्र २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट