logo

२०८३ बैशाख १९ शनिबार

logo
  • २०८३ बैशाख १९ शनिबार
  • नेसपा (नयाँ शक्ति)को अध्यक्षमा बाबुराम भट्टराई निर्वाचित

    898Shares
    नेसपा (नयाँ शक्ति)को अध्यक्षमा बाबुराम भट्टराई निर्वाचित

    काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को अध्यक्षमा डा बाबुराम भट्टराई निर्वाचित भएका छन् । पार्टीको पहिलो महाधिवेशनबाट उनी अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्षका अर्का प्रत्याशी नेत्र चपाईंलाई पराजित गर्दै भट्टराई अध्यक्षमा निर्वाचित भएको नेसपा (नयाँ शक्ति)ले जनाएको छ। मत परिणाम के कति भन्ने अझै खुलाइएकाे छैन् ।  बुधबार भएको मतदानको मतगणना बिहीबार सकिएको हो । मतगणना सकिए पनि निर्वाचन समितिले औपचारिक मतपरिणाम भने सार्वजनिक गरेको छैन । पार्टीको उपाध्यक्षमा भट्टराईपुत्री मानुषी यमि भट्टराई यसअघि नै निर्विरोध निर्वाचित भएकी थिइन् । उनले आफ्ना बाबु अध्यक्षमा निर्वाचित भएको जानकारी दिएकी छिन् ।



    फास्ट न्युज    
  • २०८१ फाल्गुन १, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार