खोटाङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खोटाङमा संस्थापन इतरपक्ष (देउवा समूह) को नगर तथा गाउँपालिका अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट जिल्लाका सातवटै स्थानीय तहमा नयाँ सभापति तथा कार्यसमिति निर्वाचित भएका छन्।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको नगर सभापतिमा चन्द्रबहादुर केसी निर्वाचित भएका छन्। त्यस्तै हलेसी तुवाचुङ नगरपालिकाको सभापतिमा सयन्द्र राई निर्वाचित भएका छन्।
यसैगरी साकेला गाउँपालिकाको सभापतिमा शरण राना, दिप्रुङ चुइचुम्मा गाउँपालिकाको सभापतिमा पूर्णबहादुर खड्का, जन्तेढुंगा गाउँपालिकाको सभापतिमा सागर राई, बराहापोखरी गाउँपालिकाको सभापतिमा अर्जुनसिंह राई र खोटेहाङ गाउँपालिकाको सभापतिमा कर्णबहादुर राउत निर्वाचित भएका छन्।
नगर तथा गाउँपालिका अधिवेशनबाट सभापतिसहित अन्य पदाधिकारी तथा नगर सदस्यहरु चयन गरिएको जनाइएको छ। निर्वाचित सभापतिहरूलाई नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्।
यसैबीच, नेपाली कांग्रेस खोटाङका जिल्ला निर्वाचन अधिकृत महाप्रसाद आचार्यका अनुसार जिल्लामा ६८ वटा वडा अधिवेशन सम्पन्न गर्दै सातवटा नगर तथा गाउँपालिका अधिवेशनसमेत सम्पन्न गरिएको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया