logo

२०८३ आश्विन २१ बुधबार

logo
  • २०८३ आश्विन २१ बुधबार
  • अनलाइन मतदानको दिशामा अघि बढ्दै निर्वाचन आयोग, विज्ञहरूद्वारा प्रविधिको प्रत्यक्ष प्रदर्शन

    763Shares
    अनलाइन मतदानको दिशामा अघि बढ्दै निर्वाचन आयोग, विज्ञहरूद्वारा प्रविधिको प्रत्यक्ष प्रदर्शन

    काठमाडौँ — निर्वाचन आयोगले नेपालमा अनलाइन मतदान प्रविधि तथा निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको प्रयोगबारे सम्भाव्यता अध्ययन र प्राविधिक प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ। आयोगले आयोजना गरेको अन्तरक्रियामा विभिन्न देशका विज्ञहरूले अनलाइन मतदान प्रणाली, मतदाता प्रमाणीकरण, साइबर सुरक्षा र यसको अन्तर्राष्ट्रिय अभ्यासबारे प्रस्तुतीकरण दिएका थिए। कार्यक्रममा ‘एसएमएआरटेक’ (SMARTeCH) कम्पनीले अनलाइन मतदान प्रणालीको प्रत्यक्ष प्राविधिक प्रदर्शन (Live Demo) समेत गरेको थियो।

    प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले आयोग आगामी दिनमा अनलाइन मतदानको दिशामा अघि बढ्ने रणनीतिक योजनामा रहेको खुलासा गरे। त्यसका लागि प्रविधिगत तयारी, संस्थागत क्षमता विकास, बलियो साइबर सुरक्षा र अन्तर-निकाय समन्वय पहिलो सर्त भएको उनको भनाइ थियो। यस्तै, निर्वाचन आयुक्त डा. राजीब सुब्बाले अनलाइन मतदान कार्यान्वयनका लागि सरकारी निकायमा उपलब्ध सूचना प्रविधिसम्बन्धी जनशक्ति, सीप र क्षमताको तत्काल नक्साङ्कन (Mapping) गर्नुपर्ने आवश्यकता औँल्याए। उनले डिजिटल पहिचान, तथ्याङ्क संरक्षण र प्रणालीको अन्तरआबद्धतामा जोड दिए।

    आयोगका अनुसार यस कार्यक्रमले नेपालमा सम्भावित अनलाइन मतदान प्रणाली लागू गर्नका लागि आवश्यक पूर्वाधार, साइबर सुरक्षा र कानुनी तथा प्राविधिक आधार तयार गर्न महत्त्वपूर्ण मार्गनिर्देश गरेको छ। उक्त प्राविधिक प्रदर्शनीमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग, राहदानी विभाग, अध्यागमन, नेपाल प्रहरीलगायत विभिन्न सरकारी निकायका २४ भन्दा बढी सूचना प्रविधि (IT) प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो।



    फास्ट न्युज    
  • २०८३ आश्विन २१, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट