logo

२०८३ असार २५ बिहीबार

logo
  • २०८३ असार २५ बिहीबार
  • प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिबारे संसद्मै स्पष्ट जवाफ दिन सांसद खुस्बु ओलीको माग

    859Shares
    प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिबारे संसद्मै स्पष्ट जवाफ दिन सांसद खुस्बु ओलीको माग

    काठमाडौं । सांसद खुस्बु ओलीले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिले राष्ट्रिय स्वाभिमानसँग जोडिएको गम्भीर प्रश्न उठाएको भन्दै यसबारे प्रधानमन्त्रीले संसद्मै उपस्थित भएर स्पष्ट जवाफ दिनुपर्ने माग गरेकी छन्।

    बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीको गैरजिम्मेवार अभिव्यक्तिका कारण आफूहरू बोल्न बाध्य भएको बताइन्। उनले यो विषय उठाउनु रहर नभई राष्ट्रिय हितका कारण सिर्जिएको बाध्यता भएको उल्लेख गरिन्।

    ओलीले संसद्को नियमित कार्यसूची अवरुद्ध नहोस् र जनताका मुद्दा ओझेलमा नपरून् भन्ने जिम्मेवारीबोधका साथ आफूहरूले संयमता अपनाएको भए पनि सरकारले त्यसलाई कमजोरीका रूपमा बुझेको जस्तो देखिएको टिप्पणी गरिन्।

    उनले प्रधानमन्त्रीको अभिव्यक्ति व्यक्तिगत विचारमा सीमित नरहने, बरु राज्यको आधिकारिक धारणाका रूपमा व्याख्या हुने भएकाले यस्तो विषयमा सरकार थप जिम्मेवार हुनुपर्ने बताइन्।

    उनका अनुसार नेपालको सीमा र भूमिसम्बन्धी विषयमा प्रयोग हुने प्रत्येक शब्दले राष्ट्रिय स्वाभिमान र अन्तर्राष्ट्रिय सन्देश निर्धारण गर्छ। सीमा केवल नक्साको रेखा नभई इतिहास, बलिदान, सार्वभौमिकता र भावी पुस्ताप्रतिको दायित्वसँग जोडिएको विषय भएकाले यसबारे उठेका विवादमा सरकारले संसद्मै स्पष्ट जवाफ दिन आवश्यक रहेको उनले जोड दिइन्।



    फास्ट न्युज    
  • २०८३ असार २५, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट