logo

२०८३ जेष्ठ २४ आईतवार

logo
  • २०८३ जेष्ठ २४ आईतवार
  • हामीलाई निकाल्न कांग्रेस कसैको प्राइभेट कम्पनी होइन : गगन थापा

    1.1KShares
    हामीलाई निकाल्न कांग्रेस कसैको प्राइभेट कम्पनी होइन : गगन थापा

    काठमाडौं । देउवा पक्षबाट कारबाहीमा परेका कांग्रेस महामन्त्री गगनकुमार थापाले कांग्रेस पार्टी कसैको प्राइभेट कम्पनी नभएको बताएका छन् । विशेष महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै थापाले आफुहरु आधिकारिक काँग्रेस भएको बताउदै बहुमत महाधिवेशन प्रतिनिधि भृकुटीमण्डपमा रहेको बताए ।

    ‘हामीलाई कारबाही गरेको सुनेका छौं,’ थापाले भने, ‘यो पार्टी कसैको प्राइभेट कम्पनी होइन । ९ कक्षामा पढ्दै थिएँ, जतिबेला म कांग्रेस भएको थिएँ । २०४६ को आन्दोलनमा सहभागी भएको थिएँ । २०६२/०६३ मा त आन्दोलनको नेतृत्व गरेको थिएँ । कसैले हटायौं भनेर हट्ने होइन ।’

    कारबाहीप्रति कडा असन्तुष्टि जनाउँदै उनले कांग्रेस कुनै निजी कम्पनी नभएको टिप्पणी गरे । ‘समाचार सुनें- केन्द्रीय कार्यसमितिको बैठकले दुई जना महामन्त्री र सहमहामन्त्रीलाई निकाल्यो रे । के कांग्रेस प्राइभेट कम्पनी हो ?’ उनले प्रश्न गरे ।उनी कारबाहीको निर्णय गर्नुअघि आफूलाई स्पष्टिकरण नसोधिएको भन्दै आक्रोसित भए ।‘म पार्टीको महामन्त्री मलाई कारबाही गर्नुअघि एकपटक सोध्नुपर्दैन् ? मलाई स्पष्टिकरण सोध्नु पर्दैन् ? निजी कम्पनीमा समेत सोधिन्छ ।’ उनले भने ।
    उनले यो पार्टी नफुट्ने भन्दै अब आधिकारीक पार्टी नै यही भएको दाबी गरे ।प्रधानमन्त्रीको उम्मेद्वार जसलाई बनाएर जाँदा पनि हुने बताउँदै उनले तर कम्तिमा पनि शेरबहादुर देउवालाई प्रधानमन्त्रीको उम्मेद्वार बनाएर जान नैतिकताले नदिने धारणा राखे ।

    उनले आफू सभापति बन्न विशेष महाधिवेशन गरेको नभई नयाँ कांग्रेस बनाएर निर्वाचनमा जाने उद्देश्य रहेको बताए । नेपालको निर्वाचन आयोग र कानुनप्रति विश्वास भएको बताउदै विशेष महाधिवेशनमा बहुमत प्रतिनिधि सहभागी रहेको विश्वले हेरिरहेको बताए ।



    फास्ट न्युज    
  • २०८२ पुष ३०, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट