logo

२०८३ बैशाख १२ शनिबार

logo
  • २०८३ बैशाख १२ शनिबार
  • मिराज ढुंगानाको समूहद्वारा सरकारविरुद्ध आन्दोलन घोषणा

    1.1KShares
    मिराज ढुंगानाको समूहद्वारा सरकारविरुद्ध आन्दोलन घोषणा

    काठमाडौं : जेनजी आन्दोलनका प्रतिनिधि मिराज ढुंगानाको नेतृत्वमा रहेको समूहले वर्तमान सरकारले युवा आन्दोलनको भावना र अपेक्षामाथि धोका दिएको आरोप लगाउँदै आन्दोलनको घोषणा गरेको छ ।आइतबार संयुक्त जेनजी आन्दोलन घोषणा सभामा उनले सरकार पूर्ण रूपमा असफल भएको आरोप लगाए ।

    उनले भने, ‘सुशीला जीले के गर्नुभयो र ? केही पनि गर्नुभएको छैन । समस्या के हो सरकारले कहिल्यै राम्रोसँग हेरेन । सुरुमा उदाहरणीय देखिएको भएपनि अहिले सरकार कामचोर हो कि जस्तो लाग्छ । यस्तो सरकार देखिएको थिएन ।

    ’पत्रकार सम्मेलनमा बोल्दै जेनजी समूहका संयोजक ढुंगानाले सुशीला कार्की नेतृत्वको सरकारले जेनजी आन्दोलनको मर्म आत्मसात गर्न नसकेको र १०० दिनमै असफल भइसकेको दाबी गरे । उनका अनुसार आन्दोलन कुनै व्यक्ति वा नेताको राजनीतिक उचाइका लागि नभई प्रणालीगत सुधारका लागि भएको थियो, तर त्यसप्रति सरकार गैरजिम्मेवार बनेको छ ।

    ‘०८४ को चुनाव ०८२ मा सार्न आन्दोलन भएको थिएन । यो सरकारले निकास दिने काम गरेको देखिँदैन । सुशीला किन चुनावको रट लगाउनुहुन्छ ?’ ढुंगानाले भने ।

    जेनजी जनआन्दोलनका क्रममा भएका मानव अधिकार उल्लङ्घन, घातक दमन तथा युवाको हत्या घटनामा संलग्न व्यक्तिमाथि निष्पक्ष छानबिन गरी कानुनी कारबाही गर्नुपर्ने उनले बताए । साथै आन्दोलनमा घाइते भएकाको उचित उपचार, क्षतिपूर्ति र भरपोषणको व्यवस्था गर्न सरकारलाई आग्रह गरे ।
    ढुङ्गानाले देशव्यापी शान्तिपूर्ण आन्दोलनको घोषणा गर्दै भोलि ११ बजे माइतीघर मण्डलामा उपस्थित हुन समेत सबैलाई आह्वान गरेका छन् ।



    फास्ट न्युज    
  • २०८२ पुष ६, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट