logo

२०८३ बैशाख १९ शनिबार

logo
  • २०८३ बैशाख १९ शनिबार
  • युवा संघ नेपालको अध्यक्षमा क्षितिज थेबे निर्वाचित

    907Shares
    युवा संघ नेपालको अध्यक्षमा क्षितिज थेबे निर्वाचित

    पोखरा । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा क्षितिज थेबे निर्वाचित भएका छन् । मंगलबार भएको निर्वाचनमा थेबे दाेस्राेपटक अध्यक्ष निर्वाचित भएका हुन् ।

    थेबे पोखरामा भएको दशौं महाधिवेशनबाट पनि अध्यक्षमा दोहोरिएका हुन्।थेबेले ७९६ मत पाएका थिए भने उनका प्रतिस्पर्धी सुमन पुरीले ६०८ मत पाएका थिए।पुरी आठौं महाधिवेशनबाट संघको उपाध्यक्ष बनेका थिए भने नवौं महाधिवेशनबाट महासचिव बनेका थिए।अहिले अध्यक्ष पदमा उम्मेदवार बनेका पुरीले १८८ मतले पराजय ब्यहोर्नु परेको हो।युवा संघका इन्चार्ज राजीव पहारीका अनुसार पदाधिकारीसहित केन्द्रीय समितिका अधिकांश पदमा पनि थेबे प्यालन निर्वाचित भएका छन्।

    ‘निर्वाचनको परिणाम आयो, अध्यक्षसहित पदाधिकारी क्षितिज थेबेको प्यानल विजयी भएका छन्,’ उनले भने।अध्यक्षका उम्मेदवार थेबेको प्यानलबाट उपाध्यक्षमा महाराजा गुरूङ र विनय शाही, महासचिवमा महेश चौलागाईं र उपमहासचिवमा उपेन्द्र शाही, खुला सचिवमा मदन भण्डारी, देवु बस्नेत, महिला सचिवमा निशा लिम्बू र मधेशी सचिवमा मोबिन आलम उम्मेदवार बनेका थिए।

    अध्यक्षकै अर्का दाबेदार पुरीको प्यानलबाट उपाध्यक्षमा पर्वत भण्डारी र प्रकाश गौतम, महासचिवमा कुवेर अधिकारी र उपमहासचिवमा खेमराज शर्मा, खुला सचिवमा ध्रुव खड्का र अरुण कुँवर, महिला सचिवमा रेशु तामाङ र मधेशी सचिवमा चितरञ्जन यादव उम्मेदवार उठेका थिए । थेबे ७९६ मतसहित निर्वाचित हुँदा अध्यक्षका अर्का दाबेदार सुमन पुरीले ६०८ मत ल्याए । थेबे १८८ मतले विजयी बनेका हुन् ।



    फास्ट न्युज    
  • २०८२ जेष्ठ १३, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार