७ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार संसदमा दिएको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण भएको बताएको छ । विश्वासको मत लिने क्रममा कांग्रेस सांसदहरुले वेल घेराउ गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आक्रोशपूर्ण अभिव्यक्ति दिएका थिए । उनले कांग्रेसलाई ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका थिए ।
संसद बैठकपछि आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको बताए । प्रधानमन्त्रीले आफूहरुले पटक पटक सहयोग गरेको बिर्सिएको बताएका थिए । कांग्रेस प्रमुख सचेतक लेखकले माओवादीलाई कांग्रेसले शान्तिप्रक्रियामा ल्याएको बर्सिनुभयो भनेर प्रतिप्रश्न गरेका छन् ।
‘भोटको राजनीतिमा आएपछि सहयोग गर्नुभएको हो, हामीले पनि गरेका हौं’। उनले भने, ‘तपाईंलाई जंगलबाट राजनीतिमा ल्याउने कांग्रेस हो कि को हो ? बिर्सिनुभयो ? हतियारको बलमा परिर्वतन गर्छु भनेर हिँड्नुभएको तपाईलाई शान्तिमा कसले ल्याएको हो बिर्सिनुभयो ?’
प्रधानमन्त्रीले चर्को मूल्य चुकाउनुपर्छ भनेको भन्दै उनले भने, ‘के मूल्य चुकाउनुपर्छ ? तपाईंहरु गैरजिम्मेवार भएर जाने, ७३ लाख सहकारी बचतकर्ताको रकमको सुनिश्चिचता छैन । त्यसमा संलग्न भएकाहरुमाथि कराबाही गर्ने योजना छैन । अनि नेपाली कांग्रेसविरुद्ध गैरजिम्मेवार ढंगले लाञ्छना लगाउने रु यस्तो बोल्न बन्द गरिदिनुस् ।’
© 2025: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd