logo

२०८३ बैशाख १० बिहीबार

logo
  • २०८३ बैशाख १० बिहीबार
  • आज पनि राष्ट्रियसभाको बैठक, केही महत्वपूर्ण विधेयक प्रस्तुत गरिँदै

    1KShares
    आज पनि राष्ट्रियसभाको बैठक, केही महत्वपूर्ण विधेयक प्रस्तुत गरिँदै

    काठमाडौं । राष्ट्रियसभाको बैठक आज पनि बस्दै छ । बैठक अपराह्न १ः१५ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ ।

    आजको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘सङ्घीय निजामती सेवा विधेयक, २०८० सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन’ सभासमक्ष पेस गर्ने कार्यसूची छ । सोमबार पनि सो कार्यसूची तय भए पनि समितिमा विधेयकमाथिको छलफल नसकिएको पेस हुन नसकेको हो ।

    त्यस्तै, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।



    फास्ट न्युज    
  • २०८२ भाद्र १७, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट