काठमाडौं । सिंहदरबारस्थित नेकपा एमाले संसदीय दलको कार्यालयमा सत्तारुढ दलका प्रमुख सचेतकहरूको बैठक जारी छ ।
बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभाका सत्ता पक्षीय प्रमुख सचेतकहरू सहभागी भएका छन् ।
नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार बैठकमा सरकारले ल्याएका विभिन्न अध्यादेशहरू संसद्को कार्यसूचीमा समेट्ने विषयमा छलफल भइरहेको छ । विशेष रूपमा, कुन अध्यादेशलाई कसरी अघि बढाउने भन्ने रणनीति तय गर्न बैठक केन्द्रित रहेको छ ।
यसअघि शनिबार सत्तारुढ दलहरूले भूमि सम्बन्धी अध्यादेशबाहेक अन्य पाँच अध्यादेशलाई सदनमा अघि बढाउने निर्णय गरेका थिए । आजको बैठकले ती अध्यादेशहरूको प्रक्रियालाई थप स्पष्ट दिशा प्रदान गर्ने अपेक्षा गरिएको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया