logo

२०८३ बैशाख १९ शनिबार

logo
  • २०८३ बैशाख १९ शनिबार
  • संसद् अवराेध खुलाउन एमाले र माओवादीबीच सहमति, रास्वपा र राप्रपाकाे अवरोध कायमै

    1.1KShares
    संसद् अवराेध खुलाउन एमाले र माओवादीबीच सहमति, रास्वपा र राप्रपाकाे अवरोध कायमै

    काठमाण्डाै । प्रतिनिधिसभाको अवरोध अन्त्य गरी बैठक सञ्चालन गर्न सत्तारूढ नेकपा एमाले र प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) बीच दुई बुँदे सहमति भएको छ । एमालेका मुख्य सचेतक महेशकुमार बर्तौला र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेबीच आज सहमति भएको हो ।

    प्रतिपक्ष दलले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा, संसदीय समिति वा न्यायिक आयोग बनाउनुपर्ने माग राख्दै संसद् अवरुद्ध गर्दै आएका छन् । जेठ १३ गतेपछि बजेट प्रस्तुत गर्ने दिन जेठ १५ बाहेक लगातार प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगित हुँदै आएको छ ।

    भिजिट भिसा र अध्यागमनसँग सम्बन्धित विषयका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेकोले यस विषयलाई आयोगले निष्कर्षमा पुर्‍याउने र यस विषयका सम्बन्धमा छानबिनका लागि आयोगले माग गरे बमोजिम सरकारले आवश्यक सहयोग गर्ने पहिलाे बुँदामा उल्लेख छ ।

    साथै अध्यागमन र भिजिट भिसाको सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्न सरकाले आवश्यक अध्ययन एवम् छानबिन गरी नीतिगत, कानूनी र संरचनात्मक सुधारका लागि उपयुक्त व्यवस्था गर्न पहल गर्ने सहमति भएकाे छ । यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले भने आफूहरूकाे ५ बुँदे माग यथागत् रहेकाे र संसद् अवराेध गर्ने बताउनुभएकाे छ ।।



    फास्ट न्युज    
  • २०८२ जेष्ठ ३०, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार