काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सबै दलहरू चुनावको पक्षमा रहेको बताएकी छन् । सर्वपक्षीय बैठकमा सबै दलका नेता, जेनजी प्रतिनिधिहरूको कुरा सुनेपछि उनले निर्वाचनलाई परिवर्तनको मार्गको रूपमा लिनुपर्ने बताइन् ।
उनले भनिन्, ‘कुन दललाई के कुरामा चित्त बुझेको छैन, त्यो आआफ्नो कुरा हो । तर यो देशको सर्वेसर्वा भनेको जनता नै हो । राजनीतिक दल भनेको जनताको सेवक हुन्, अहिले जनताको माग के छरु जनतामा कस्तो प्रभाव परेको छ भन्ने कुरामा ध्यान दिनुपर्छ ।’
प्रधानमन्त्री कार्कीले मेरो गोरुको बाह्रै टक्का भनेर कोही पनि सफल नहुने भन्दै जनताको मागअनुसार दलहरू सच्चिनुपर्नेमा जोड दिएकी थिइन् । ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया