काठमाडौँ । सभामुख देवराज घिमिरेको सक्रियता बढेको छ । संसद्को हिउँदे अधिवेशन आहवान भएसँगै सभामुख घिमिरेको सक्रियता बढ्न पुगेको हो ।
संसद्को हिउँदे अधिवेशनको मिति नजिकिएसँगै सभामुख घिमिरेले आफ्नो सक्रियता बढाएका छन् ।
समितिमा अल्झिएर रहेका बिधेयक, अघिल्लो संसददेखि थाँती रहेका केहि बिषय लगाएतमा सभामुखले चासो व्यक्त गर्नुभएको कांग्रेस मुख्य सचेतक श्याम घिमिरेले जानकारी दिनुभयो । उहाले सदनलाई सहज ढंगले अघि बढाउन आफुहरुको सकारात्मक पहल हुने प्रतिवद्धता जनाएको छन् । त्यस्तै एमाले प्रमुख सचेतक महेश बर्तौलाले संसदको प्रभावकारीताका साथै महत्वपूर्ण विधेयक अघि बढाउन सत्तारुढ दलले सहयोग गर्नुपर्नेमा सभामुखको जोड रहेको जानकारी दिनुभयो । माघ १८ गते बस्ने बैठकमा प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बोधन गर्ने तय भएको उहाले बताउनुभयो । उहाले संविधान कार्यान्वयनका लागि आवश्यक विधेयकहरुलाई पनि अघि बढाउन पहलकदमी गर्न सभामुखले आग्रह गरे ।
‘राष्ट्रिय सभाबाट पारित भएर आएका विधेयकहरू मर्यादासम्बन्धी विधेयकलाई के गर्ने हो ? अगाडि बढाउने कि नबढाउने ? यो विषयमा प्रष्ट पानुपर्यो,’ सभामुख घिमिरेको भनाइ उद्धृत गर्दै घिमिरेले भने, ‘संवैधानिक परिषद्सम्बन्धी विधेयक संसद्मा गएर अड्कियो भन्ने छ । यसमा के गर्ने हो ? भनेर प्रश्न उठाउनुभयो ।’
प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रसहितका प्रतिपक्ष दलहरू अध्यादेशको विपक्षमा उभिने तयारीमा छन् भने सत्तापक्षका दलहरूले अध्यादेशको बचाउ गर्न आफ्ना सांसदहरूलाई औपचारिक अनौपचारिक ढङ्गले निर्देशन दिइसकेका छन् ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया