काठमाडौं । कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनबारेमा मुद्दा चलाउन सिफारिस गरिएका मध्ये पाँच जनालाई ‘उन्मुक्ति’ दिएर मुद्दा दायर भएको छ ।
स्वर्णलक्ष्मी सहकारीमा बचतकर्ताले राखेको १ अर्बभन्दा बढी रकम अनियमितता प्रकरणमा अनुसन्धान गरेका प्रहरीसँग बयान दिने क्रममा रविले भनेका छन्, ‘मेरो कार्यकालमा मबाट स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड लगायतमा कुनै पनि सहकारीबाट कुनै प्रकारको ऋण वा रकम ल्याउने सहमति वा बोर्ड निर्णय भएको छैन ।’
जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान सकेर बुझाएको प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले अभियोगपत्र दर्ता गरेको हो।
उनीहरुविरुद्ध २ अर्ब ४१ करोड बिगो दाबी गरेको छ। उक्त सहकारीका लेखा सदस्य सुनिता नेवा र कर्जा सदस्य कमल लामा मात्रै परिसरको हिरासतमा छन्। केही प्रतिवादीहरू कास्की प्रहरीको हिरासतमा छन भने केही फरार छन्।
‘गैरकानुनी ढंगले सहकारीबाट रकम कम्पनीमा ल्याउने सम्बद्ध व्यक्तिहरुले नै उक्त रकम फिर्ता गर्ने दायित्व हुन्छ, म सहकारीबाट रकम ल्याउने प्रक्रियामा सहभागी नभएको भनी संसदीय छानबिन समितिको प्रतिवदेनले पनि पुष्टि गरेको व्यक्ति भएको हुनाले यस विषयमा जनकार छैन’, उनले भनेका छन्, ‘गोरखा मिडिया नेटवर्कको वित्तीय जिम्मेवारी सम्पूर्ण रुपमा कार्यकारी अध्यक्ष गितेन्द्रबाबु राईको थियो । लगानी ल्याउने सम्पूर्ण प्रक्रियामा उनी सक्रिय र जिम्मेवार थिए ।’
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया