न्युयोर्क । ५ नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति पदको निर्वाचनका लागि डेमोक्र्याट उम्मेदवार कमला ह्यारिस तथा रिपब्लिक उम्मेदवार डोनाल्ड ट्रम्प दुवै जना प्रचारमा व्यस्त छन्। विन्सकन्सिनमा भएको कार्यक्रममा बोल्दै ह्यारिसले अमेरिकामा नयाँ पुस्ताका नेताको प्रतिनिधिको रूपमा आफूलाई प्रस्तुत गर्दै ह्यारिसले ट्रम्पभन्दा आफू हरेक कुरामा अघि रहेका जिकिर समेत गरिन्।
अभियोजक तथा क्यालिफोर्नियाकी पूर्व महान्यायाधिवक्ता रहेकी उनी शिकारी,अपराधी तथा लागूपदार्थ ओसार पसार गर्नेलाई निर्मूल नै पार्न सक्षम हुने विश्वास व्यक्त गरेकी छिन्। ‘यदि मलाई अमेरिकी राष्ट्रपतिको रूपमा तपाईंहरूको पक्षमा लड्ने मौका दिनुभयो भने म त्यस्ता कुनै पनि विषयलाई मौका नै दिन्न,’ कार्यक्रममा ह्यारिसले भनिन्।
विन्सकन्सिनमा उनको चासो अर्थतन्त्रमा थियो। वरिष्ठ नागरिकलाई स्वास्थ्य सुविधा, बच्चाको पालनपोषणमा कम खर्च तथा साना व्यवसायमा करमा कटौती लगायत प्राथमिकताका विषयलाई उनले त्यहाँ उठाएकी थिइन्।
दुवै जनाले पछिल्लो कार्यक्रममा विन्सकन्सिनमा गरेका थिए। ५३८ इलेक्ट्रोलमध्य १० इलेक्ट्रोल मत अमेरिकामा छ। ५९ लाख मतदाता रहेको सो राज्यमा डोनाल्ड ट्रम्पले भने बारम्बार आप्रवासीको मुद्दा उठाएर ह्यारिसमाथि आक्रमण गरेका छन्।
यसैबिच अरब अमेरिकन प्रभाव रहेको मिचिगनमा ट्रम्प पुग्दा भने डेमोक्र्याटको मध्यपूर्व नीतिमा असहमति जनाउँदै नारासहित धेरै जना त्यहाँ पुगेका थिए। मिचिगनमा मुस्लिम मतदाता नै निर्णायक हुन सक्ने आङ्कलन गरिएको छ। त्यसो त मिचिगन परम्परागत रूपमा नै डेमोक्र्याटको प्रभाव क्षेत्र हो।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया