logo

२०८१ मंसिर २९ शनिबार

logo
  • शनिबार, २९ मंसिर २०८१
  • सर्वोच्चको न्यायाधीशमा पाण्डे र निरौला सर्वसम्मत अनुमोदित

    सर्वोच्चको न्यायाधीशमा पाण्डे र निरौला सर्वसम्मत अनुमोदित

    260
    SHARES
    सर्वोच्चको न्यायाधीशमा पाण्डे र निरौला सर्वसम्मत अनुमोदित

    काठमाडौं। सर्वोच्च अदालतका दुईजना प्रस्तावित न्यायाधीशहरूको नाम संसदीय सुनुवाइ समितिले सर्वसम्म अनुमोदन गरेको छ । शुक्रबार बिहान ११ बजेदेखि बसेको संसदीय सुनुवाइ समितिको बैठक दुवैजनाको नाम सर्वसम्म अनुमोदन गरेको हो ।



    न्यायाधीशद्वय नृपध्वज निरौला र नित्यानन्द पाण्डेको सुनुवाइपछि यस्तो निर्णय भएको हो । विकास, आर्थिक मामिला तथा सुशासन समितिको हलस्थित भवन नम्बर २ को कोठा नम्बर ३०१ मा बसिरहेको बैठकमा दुवै प्रस्तावित न्यायाधीशहरूले कार्ययोजना सांसदहरूलाई सुनाएका थिए। त्यसपछि उनीहरूको नाम सर्वोच्चको न्यायाधीशमा अनुमोदित भएको हो।

    यसअघि कात्तिक १४ गते सुनुवाइ गर्ने तालिका थियो । त्यसबेला अड्किएको सुनुवाइ शुक्रबार अघि बढेको थियो । सुनुवाइ समितिले गत असोज १५ गते सूचना निकालेर न्यायाधीशहरूविरुद्ध उजुरी मागेको थियो । प्रस्तावित न्यायाधीश निरौलाविरुद्ध २ वटा उजुरी थिए । तिनको सुनुवाइपछि नाम अनुमोदन गरिएको हो । उता पाण्डेविरुद्ध कसैले उजुरी दिएका थिएनन् ।

    निरौला उच्च अदालत पाटन र पाण्डे उच्च अदालत तुलसीपुरका मूख्य न्यायाधीश थिए । न्यायाधीशमा अनुमोदन भइसकेपछि निरौला प्रधानन्यायाधीशको रोलक्रममा पुग्ने बताइएको छ ।निरौला कम्तीमा १२ वर्षसम्म सर्वोच्चमा रहनेछन् । यस्तोमा उनी प्रधानन्यायाधीश हुन सक्नेछन् । उनी टेकप्रसाद ढुंगानापछि प्रधानन्यायाधीश हुने गरी सिफारिस गरिएको हो ।

    तलमाथि नभएमा ढुंगाना २०९३ पुस ६ मा ६५ वर्षे उमेर हदका कारण अवकाश जानेछन् । ढुंगाना अवकाशमा गएपछि निरौला २०९३ पुस ६ देखि माघ २५ गतेसम्म प्रधानन्यायाधीश हुन सक्नेछन् ।


    फास्ट न्युज
  • शुक्रबार, २३ कार्तिक २०८१
  • सम्बन्धित समाचार