logo

२०८१ माघ १ मंगलबार

logo
  • मंगलबार, १ माघ २०८१
  • भोटेकोशी नदीमा खसेको बोलेरो गाडी निकालियो

    भोटेकोशी नदीमा खसेको बोलेरो गाडी निकालियो

    403
    SHARES
    भोटेकोशी नदीमा खसेको बोलेरो गाडी निकालियो

    काठमाण्डौ । सिन्धुपाल्चोकको बाह्रबिसे नजिकै भोटेकोशी नदीमा खसेको गाडी निकालिएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार बा २० च २१८५ नम्बरको बोलेरो गाडी हिजो बेलुकी नदीबाट निकालिएको हो । गाडीमा दुई जना रहेको भनिए पनि उनीहरुको अवस्था र यकिन विवरण थाहा हुन नसकेको प्रहरीले जनाएको छ ।



    हिजो बिहान बाह्रबिसे नजिकै अरनिको राजमार्गबाट अन्दाजी एक सय मिटर तल भोटेकोशी नदीमा गाडीको टायर देखिएपछि स्थानीयबासिन्दाले प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै स्थानीयबासिन्दा र प्रहरी उद्धारमा जुटेका थिए । लामो प्रयासपछि बेलुकीपख मात्रै गाडी निकालिएको प्रहरीले जनाएको छ ।


    फास्ट न्युज
  • शनिबार, २९ भाद्र २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट