logo

२०८३ बैशाख ५ शनिबार

logo
  • २०८३ बैशाख ५ शनिबार
  • वनभोजबाट फर्कँदै गरेको गाडी दुर्घटना, २६ जना घाइते

    919Shares
    वनभोजबाट फर्कँदै गरेको गाडी दुर्घटना, २६ जना घाइते

    सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर–७, कपासेमा वनभोज खाएर फर्कँदै गरेका यात्रु बोकेको फोर्स गाडी दुर्घटनामा परेको छ । सुर्खेतको छिन्चुबाट वनभोज खान वीरेन्द्रनगरको कटकुवा गएर फर्किँदै गरेका यात्रु बोकेको कर्णाली प्रदेश ०२–०१ ख ०१८८ नम्बरको फोर्स गाडी नेपाली सेनाको कालिबहादुर गणको मुल गेट नजिकको घुम्तीमा दुर्घटनामा परेको हो ।

    बुधबार साँझ भएको उक्त दुर्घटनामा परी २६ जना घाइते भएका छन् । दुर्घटना लगत्तै कालीबहादुर गणबाट सेनानी कौशल कार्की र श्री नं. ४ फि ए गुल्मबाट प्राविधिक सह सेनानी डा. सचित थापाको कमाण्डमा खटिएको सेनाको टोलीले उद्धार गरी थप उपचारका लागि प्रदेश अस्पताल पठाइएको उत्तर पश्चिम पृतना हेडक्वाटर सुर्खेतले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार घाइते २६ मध्ये दुईजनाको अवस्था गम्भीर छ । गाडी सडकबाट झण्डै एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।



    फास्ट न्युज    
  • २०८१ कार्तिक २१, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट