काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश नृपध्वज निरौला विरुद्ध “निर्धारित समयमा दुईवटा उजुरी परेका छन् । एकजनाले आफैँ उपस्थित भएर उजुरी दिएका छन् भने अर्को उजुरी इमेलमार्फत आएको ,दुवै उजुरी प्रस्तावित न्यायाधीश निरौलाका विरुद्धमा छन्,” संसदीय सुनुवाइ समितिकी सहसचिवले जानकारी दिइन् |
अर्कौ उनीसँगै सर्वोच्चको न्यायाधीश सिफारिस भएका नित्यानन्द पाण्डेविरुद्ध भने उजुरी नपरेको उनले जानकारी दिइन् । समसामयिक विषयमै परेकोसम्म भन्न सकिने उनको भनाइ छ । संसदीय सुनुवाइ समितिको यही असोज १५ गतेको बैठकको निर्णयबाट सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशद्धय निरौला र पाण्डेविरुद्ध उजुरी आह्वान गरेको थियो ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया