logo

२०८३ बैशाख ४ शुक्रबार

logo
  • २०८३ बैशाख ४ शुक्रबार
  • इजरायलले गाजा युद्धविरामको अवधि ६ हप्ता थप्यो

    913Shares
    इजरायलले गाजा युद्धविरामको अवधि ६ हप्ता थप्यो

    गाजा । इजरायलले गाजा युद्धविरामको अवधि ६ हप्ता थपेको छ । युद्धविरामको पहिलो चरण सकिएलगत्तै इजरायलले ४२ दिन युद्धविराम अवधि थप गरेको हो । हमास र इजरायलबीच गएको जनवरी १९ तारिखदेखि युद्धविराम लागू भएको थियो । यसअन्र्ततग पहिलो चरण मार्च १ अर्थात् गएराति सकिएको थियो ।युद्धविराम लम्ब्याउने प्रस्ताव अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्व दूत स्टिभ विटकोफले राख्नुभएको थियो । त्यसमा इजरायलका प्रधानमन्त्री नेतन्याहू सहमत हुनुभएको बीबीसीले जनाएको छ ।

    रमजानलगायतका पर्वलाईसमेत मध्यनजर गरी इजरायलले युद्धविरामको अवधि थपेको जनाएको छ । शुरूको ६ हप्ताको अवधिमा हमासले इजरायली जेलमा रहेका सयौँ प्यालेस्टिनी कैदीहरूको बदलामा २५ जना जीवित बन्धकलाई मुक्त गर्दा अन्य आठ जनाको शव इजरायललाई फिर्ता गर्‍याे ।

    बदलामा इजरायली सुरक्षा निकायले आफ्नो नियन्त्रणमा रहेका झण्डै एक हजार नौ सय जना कैदीबन्दीको रिहाइ गरेको छ । पहिलो चरणमा हमास लडाकू समूहको नियन्त्रणमा रहेका ठानिएका नेपालका विपिन जोशीको अवस्था थाहा हुन सकेन । हमासले कब्जामा लिएका दुई सय ५१ बन्धकमध्ये अझै ५८ जना बाँकी रहेका प्रारम्भिक जानकारी छ ।



    फास्ट न्युज    
  • २०८१ फाल्गुन १८, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट