काठमाडौं । काभ्रेको पनौतीमा एकै परिवारका ५ जना पहिरोमा परेर वेपत्ता भएका छन् । पनौती नगरपालिका– ११, थुम्कीमा आज (शनिबार) बिहानै पहिरो जाँदा स्थानीय अर्जुन भण्डारीको परिवार सम्पर्कविहीन भएको हो ।
पहिरोले तीन घरमा पूर्णरुपमा क्षति पुर्याएको छ । दुइ घर परिवारका सदस्यहरु भने सकुशल रहेका छन् । ‘पहिरो झर्न रोकिएको छैन ।अहिले पनि ठूलो पानी परिराखेकाले उद्धार गर्न जाने अवस्था पनि छैन’, एक स्थानीयबासीले बताए ।
बिहान करिब साढे ३ बजे गएको पहिरोमा परी बेपत्ता भण्डारीको परिवारको उद्धारका लागि विपद उद्धार बेस पनौतीबाट १५ जनाको टोली खटिएको छ । वर्षाले नै पनौतीको स्थानीय गर्ध खोलामा पहिरोले खस्दा थुनिएको छ ।
त्यस्तै काभ्रेको तेमाल गाउँपालिका ७ मा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । आज बिहान करिब ३ बजेतिर भिमबहादुर तामाङको घर पहिरोमा पुरिँदा उनकी श्रीमती ५० वर्षीया पातली तामाङ र ४० वर्षीया नक्कली तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया