काठमाडौँ । तत्कालीन राजा ज्ञानेन्द्र शाहलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउन माग गर्दै सामाजिक सञ्जालमा ‘ह्यासट्याग अरेष्ट ज्ञानेन्द्र’ अभियान चलेको छ।
शुक्रबार राजसंस्था पुनर्स्थापनाको माग गर्दै काठमाडौँमा प्रदर्शनका नाममा भएका अराजक गतिविधि र लुटपाटका लागि ज्ञानेन्द्र शाहलाई दोषी ठहर्याई कारबाहीको दायरामा ल्याउन सामाजिक सञ्जालमा माग उठेको हो। सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले शाहलाई पक्राउ गर्न माग गर्दै शनिबार ह्यासट्याग अभियान चलाएका छन्।
तीनकुनेमा शुक्रबार भएको राजावादीको प्रदर्शनका क्रममा एक पत्रकार र एक आन्दोलनकारीको ज्यान गएको थियो भने थुप्रै घाइते भएका थिए। अरू दर्जनौँ सर्वसाधारणका घर, व्यापारिक प्रतिष्ठानहरू, सञ्चारमाध्यम, राजनीतिक पार्टीका कार्यालय तथा सरकारी र निजी दर्जनौं सवारीसाधनमा तोडफोड र आगजनी भएको थियो ।
उक्त प्रदर्शनका योजनाकार तत्कालीन राजा ज्ञानेन्द्र भएको भन्दै सामाजिक सञ्जालमा उनलाई पक्राउ गर्न अभियान चलेको हो।उक्त प्रदर्शनलाई हिंसात्मक बनाउन भीडलाई उक्साएको, तोडफोड र आगजनीमा संलग्न रहेको आरोपमा प्रहरीले राप्रपाका नेताहरू धवल शमशेर राणा र रविन्द्र मिश्रसहित एक सयभन्दा बढीलाई पक्राउ गरिसकेको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया