logo

२०८३ जेष्ठ २४ आईतवार

logo
  • २०८३ जेष्ठ २४ आईतवार
  • केही ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने

    955Shares
    केही ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने

    काठमाण्डौ ।अबका केही दिन देशभरको मौसममा फेरबदल आउने र पानी पर्न सक्ने मौसमविद्ले बताएका छन् । केही ठाउँमा मेघगर्जनरचट्याङ र हावाहुरीसहित पानी पर्न सक्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    देशभर मनसुनी वायुको प्रभाव छ । बङ्गालको खाडीबाट प्रवाह हुने जलवाष्फयुक्त हावाको प्रभावका कारण आज दिउँसोदेखि देशभर मौसम आंशिकदेखि साधारणतया बदली रहने अनुमान छ । लुम्बिनी प्रदेशको पश्चिमी भाग तथा सुदूरपश्चिम प्रदेशका तराईका धेरैजसो ठाउँमा मेघगर्जनरचट्याङसहित हल्का वर्षा तथा केही ठाउँमा मध्यम र एकरदुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ ।

    महाशाखाले अहिले पर्ने पानीले कृषि क्षेत्र मुख्यगरी धानबालीमा असर पार्ने देखिएकाले धान काट्नु र थन्क्याउनु अघि मौसमको अध्यावधिक अवस्थाबारे जानकारी लिन अनुरोध गरेको छ ।



    फास्ट न्युज    
  • २०८१ आश्विन ८, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट