काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघीय धर्मनिरपेक्ष गणतन्त्र असफल भैसकेको दाबी गरेका छन् । काठमाडौंमा शुक्रबार आयोजित राप्रपा नेपाल उपत्यकाको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले ठूला भन्न रुचाउने दल र नेताहरुले हठ त्यागेर तत्काल मार्ग परिवर्तन गर्नुपर्ने बताए । थापाले सहकारी प्रकरणमा कांग्रेस र एमालेका ठूला नेता संलग्न देखिएकाले प्रकरणलाई भित्रभित्रै फासफुस पार्ने प्रयास भइरहेको समेत आरोप लगाए ।
सहकारी प्रकरणमा रवि लामिछानेको नाम आउदा जोडतोडसँग हंगामा भए तापनि कांग्रेस र एमालेका नेताको संलग्नता देखिने वित्तिकै प्रकरणलाई लुकाउन खोजको बताए । उनले छानविन समितिको प्रतिवेदनले एकातिर ‘क्लिन चिट’ पाए रविले भनेको र अर्कोतिर समितिले कारबाहीको माग गरेको भन्ने समाचार आएकोमा उनले प्रतिवेदनमाथि प्रश्न समेत गरे।
थापाले सरकारले र सत्तामा भएका दलहरुले ठूलो तामझामका साथ संविधान दिवस मनाए तापनि जनताको कुनै उत्साह नरहेको दाबी गरे । सरकारले संविधान दिवसमा सैनिक मञ्चमा गरेको कार्यक्रममा होस् या दरबार मार्गको कन्सर्ट दुबैमा जनताको उपस्थिति उत्साहजनक नदेखिएको भन्दै उनले त्यसबाट संविधान दिवसमा जनताको कुनै उत्साह छैन् भन्ने प्रमाणीत भएको बताए । संविधान संसोधन गर्ने हो भने अहिलेको यथास्थितिलाई टालटुल गरेर समस्या समाधान नहुने भन्दै थापाले अब सबै अटाउने व्यवस्थाले मात्र मुलुकलाई जोगाउने उल्लेख गरे ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया