logo

२०८१ मंसिर २९ शनिबार

logo
  • शनिबार, २९ मंसिर २०८१
  • अन्तर्राष्ट्रिय लगानी सम्मेलन जारी, एक सय ५० परियोजना प्रस्तुत गर्ने तयारी

    अन्तर्राष्ट्रिय लगानी सम्मेलन जारी, एक सय ५० परियोजना प्रस्तुत गर्ने तयारी

    533
    SHARES
    अन्तर्राष्ट्रिय लगानी सम्मेलन जारी, एक सय ५० परियोजना प्रस्तुत गर्ने तयारी

    काठमाण्डौ । काठमाण्डौमा तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु भएको छ । देशमा स्वदेशी तथा विदेशी लगानी भित्राउने उद्धेश्यले आयोजित लागनीको सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुभएको हो ।



    सम्मेलनमा पालिका, प्रदेश, संघ र निजी क्षेत्रका गरी एक सय ५० परियोजना प्रस्तुत गर्ने तयारी छ । दुईदिने सम्मेलनमा नेपालसहित ५५ देशका एक हजार छ सयभन्दा धेरै लगानीकर्ताको सहभागिता रहने नेपाल लगानी बोर्डले जनाएको छ ।

    उद्घाटन कार्यक्रममा सहभागीलाई स्वागत गर्दै अर्थमन्त्री वर्षमान पुनले नेपाल लगानीका लागि उपयुक्त देश रहेको बताउनुभयो । उहाँले दुई दिनसम्म चल्ने सम्मेलन लगानीकर्ताका लागि महत्वपूर्ण अवसर रहेको पनि बताउनुभयो ।

    नेपालका आर्थिक सूचक स्थिर र सकारात्मक बन्दै गएको भन्दै नेपालले पछिल्लो समय स्वच्छ ऊर्जा, पर्यटन, सूचना प्रविधि, कृषि र कृषि आधारित उद्योगका क्षेत्रमा महत्वपूर्ण उपलब्धी हासिल गरेको बताउनुभयो । सम्मेलनमा छ वटाभन्दा बढी सत्र सञ्चालन हुनेछन् ।

    ऊर्जा, यातायात, खानी तथा खनिज, पर्यटन, उत्पादन, औद्योगिक पूर्वाधार तथा व्यापार, स्वास्थ्य तथा शिक्षालगायत विविध क्षेत्रका परियोजना रहेको बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायले जानकारी दिनुभयो । संघ, प्रदेश र पालिकाका एक सय १९ र निजी क्षेत्रका ३१ परियोजना छन् । पहिलो दिन आज उद्घाटन सत्र र दुईवटा मुख्य सत्र रहेका छन् । त्यस्तै, दोस्रो दिन भोलि ११ समानान्तर सत्र सञ्चालन हुनेछन् ।


    फास्ट न्युज
  • आइतबार, १६ बैशाख २०८१
  • सम्बन्धित समाचार