काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार भेटवार्ता भएको छ ।
ओलीलाई भेट्न देउवा पत्नी आरजुसहित शनिबार दिउँसो साढे ३ बजे बालकोट पुगेका थिए । उनीहरुबीच करिब सवा दुई घण्टा कुराकानी भएको नेताहरु निकट स्रोतले जानकारी दिएको छ ।
उनीहरुबीच के विषयमा कुराकानी भयो भन्ने विषय खुलेको छैन । यद्यपि दुई ठूला दलहरुबीच संवाद सुरु भएको बिषयलाई सकारात्मक रुपमा बुझ्नुपर्ने नेताहरुले बताएका छन् ।
© 2025: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd